बेझाड, २८ पुस। पाल्पाको रामपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलोपटक यहाँ सो प्रतियोगिता गर्न लागिएको हो । दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा यही माघ २ गतेदेखि खेलकूद उपसमितिको आयोजनामा ...