ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको नैकापमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने


admin

काठमाडौं,२० पुस। यही पुस २५ गतेदेखि २८ गतेसम्म काठमाडौंको नैकापमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

न्यू डाईमण्ड स्पोर्टस् क्लवले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही पुस २५ गते बुधबारदेखि ‘न्यू डाइमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । न्यू डाईमण्ड एकेडेमीको कोर्टमा आयोजना हुने प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिनु भयो ।

प्रतिगितामा सहभागी हुने टोलीहरुमा न्यू डाईमण्ड एकेडेमी, नेपाल एपीएफ क्लव, त्रिभुवन आर्मी क्लव, टप्स मावि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टाइग्रेस, पारामाउण्ट स्कुल कुलेश्वर र नेपाल पुलिस क्लव रहेका छन ।

प्रतियोगितामा सहभागी हुने काठमाडौं उपत्यका बाहिरका टोलीलाई आयोजक संस्थाले खाना र बस्नको प्रबन्ध गर्नेछ । प्रतियोगिताको बिजेताले नगद ३ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन ।

उपविजेतालाई २ लाख १ हजार नगदसहित सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने पनि प्रतियोगिताका संयोजक राईले जानकारी दिनु भयो ।त्यसैगरी प्रतियोगितामा तृतीय हुनेलाई नगद १ लाख १ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने चौथो हुनेलाई ५१ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार पुरस्कार दिने व्यवस्था पनि गरिएको आयोजक संस्था न्यू डाईमण्ड स्पोर्टस् क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com