ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खप्तड गोल्डकप : मोरङ फुटबल क्लबमाथि पुलिसको सहज जित


admin

धनगढी, २५ पुस । यहाँ जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’ प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले मोरङ फुटबल क्लबमाथि सहज जित निकालेको छ ।

नेपाल पुलिसले मोरङ फुटबल क्लबलाई ३–० गोलले पराजित गरेको हो । तीर्थ रानाले ह्याट्रिक पूरा गरेसँगै नेपाल पुलिसले मोरङमाथि सहज जित निकालेको हो । जितसँगै नेपाल पुलिस क्वाटर फाइनलमा प्रवेश गरेको छ । पुलिसले खेलको शुरुआती समयदेखि मोरङमाथि दबाब बनाएको थियो ।

खेल शुरु भएको सातौँ मिनेटमा पहिलो गोल गरी तीर्थले पुलिसलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । पैँतीसऔँ मिनेटमा अभिषेक रिजालको उत्कृष्ट ‘मुभ’मा तीर्थले पुलिसको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि पुलिसले आक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो । दोस्रो हाफको इन्जुरी समयमा अभिषेकको पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

आजको खेलमा तीर्थ खेलको म्यान अफ द म्याच घोषित भई रु १० हजार पुरस्कार पाए । पुलिसले अब यही पुस २९ गते हुने क्वाटरफाइनलमा मनाङ–मस्र्याङ्दीको सामना गर्नेछ । बिहीबारको खेल भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेडबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com