ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता


एबीसी न्यूज

बेझाड, २८ पुस।  पाल्पाको रामपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलोपटक यहाँ सो प्रतियोगिता गर्न लागिएको हो ।
दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा यही माघ २ गतेदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मीलगायतका जिल्लाबाट १० समूहको सहभागिता रहने संयोजक शङ्कर खाँणले बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कारस्वरुप रु एक लाख ५० हजार, द्वितीय रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि करीब रु १२ लाखबराबरको रकम लाग्ने अनुमान आयोजकको छ ।

महोत्सवकै अवसरमा खुल्ला पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगितामा पनि हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कारवापत् रु २५ हजार र द्वितीय पुरस्कार रु १५ हजार रहनेछ ।
दलित, जनजाति बालबालिकालाई शैक्षिक सहयोग
पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पाले वडामा रहेका दलित, जनजातिका बालबालिकालाई शैक्षिक सहयोग गरेको छ । वडाभित्र बसोवास गर्ने ७६ जना बालबालिकालाई छात्रवृत्ति, स्कुल पोशाक र झोला सहयोग गरेको हो ।

दलित, जनजाति बालबालिकालाई गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले छात्रवृत्ति, स्कुल पोशाक र झोला वितरण गर्दै नियमित विद्यालय जान बालबालिका र अभिभावकलाई अनुरोध गर्नुभयो ।

आर्थिक अभावमा अझैपनि गाउँघरमा दलित, जनजाति परिवारका बालबालिका नियमित विद्यालय जाने नगरेकाले उनीहरुलाई नियमित पठनपाठनका निम्ति विद्यालय जान प्रोत्साहन गराउन शैक्षिक पोशाक, झोला र छात्रवृत्ति रकम सहयोग गरेको वडाध्यक्ष भोगबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com