काठमाडौं, २८ वैशाख । माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८१ को एसईईको नतिजा सार्वजनिक गरेको हो ।नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । ...