काठमाडौं, १० फागुन । नेकपा एमाले र माओवादी केन्द्रले संघीय सांसदलाई संयुक्त प्रशिक्षण दिने भएको छ। बिहिबार बालुवाटारमा दुई दलका नेताहरुबीच भएको छलफलमा फागुन १९ र २० गते प्रतिनिधि र राष्ट्रिय सभाका सांसदलाई प्रशिक्षण दिने निर्णय गरेको बैठकमा सहभागी एमाले नेता बेदुराम भुषालले जानकारी दिए। ...