ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिले घृणा गर्नेहरु अहिले दुई हात जोड्न थाले


एबीसी न्यूज
फाल्गुन १०, २०७४ बिहीबार  १० : २१ बजे

रामपुर, पाल्पा, १० फागुन ।  ‘पहिले पुराना च्यातिएका, फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्ने गर्थे, अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि उनीहरु आफैँ दुई हात जोडी नमस्कार गर्न थालेका छन्’, यो जीवनको यथार्थ र वास्तविक भोगाइ हो– पाल्पाको रामपुर नगरपालिका–५ का जय नेपालीको ।

आजभन्दा झण्डै दुई दशकअगाडि २०\२२ वर्षे ठिटो नेपालीले विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले बेझाड बजारको एक छेउमा बसेर सियो र धागोको सहाराले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउन शुरु गर्नुभयो ।

त्यतिबेला उहाँसँग धागो र एउटा सियो मात्र जुत्ता चप्पल सिलाउने साधन थियो । “एउटा हातमा सियो र धागो, अर्को हातले काखमा राखिएको जुत्ता चप्पल समाउँदै मैले सिलाउन थालेको देखेपछि सबैका लागि म त्यतिबेला हास्यपात्र बनेँ, व्यवसायलाई मेहनतका साथ अगाडि बढाउँदै जाँदा हेयका दृष्टिले हेर्नेहरु अहिले प्रशंसा गर्दै दुई हात जोडेर नमस्कार गर्न थालेका छन्,” उहाँले भन्नुभयो ।

बजारको एक कुनाबाट शुरु गरेको सियो र धागोको काम अहिले सटरमा चलाउन पाउँदा निकै गौरव लागेको उहाँको भनाइ छ । “गल्लीमा बसेर अर्काका पुराना जुत्ता चप्पल सिलाएर बस्दा सबैले आलोचना गर्न थाले, मैले लाज नमानीकन इमान्दार भएर आफ्नो काम गर्दै गएँ, त्यसैको प्रतिफल अहिले मिलेको छ”, नेपालीले भावुक हँुदै भन्नुभयो ।

उहाँले जुत्ता चप्पल सिलाएर एक महिनामा रु ६० हजार बराबरको कमाई गर्न सफल हुनुभएको छ । चाडपर्वका बेला दिनमै दश हजार रुपैयाँ सम्मको कमाई हुने उहाँ बताउनुहुन्छ । “अर्काको जुत्ता चप्पल सिलाएर दुई दशक बिताएँ, काममा दुःख पनि छैन, बसी बसी विदेश जाने र सरकारी जागिरमा आबद्ध हुनेले भन्दा दोब्बर कमाई गरेको छु,” उहाँले भन्नुभयो ।

ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याइनभ्याई छ । पुराना कामसँगसँगै अहिले आफँैले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थाल्नुभएको छ । नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उहाँको भनाइ छ ।

मेहनत र परिश्रम गर्नेका लागि कुनै पनि काम ठूलो र सानो हँुदैन । मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको दोब्बर कमाई स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय पात्र बन्नुभएको छ, जय नेपाली । “काम सानो या ठूलो होस्, इमान्दार भएर गरियो भने पैसा कमाउनका लागि समस्या छैन,” उहाँ भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com