ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय समाजवादी फोरम तमुवान—मगरात (४ नं. प्रदेश) मा दिपक तामाङ


admin

पोखरा, ७ फागुन । संघीय समाजवादी फोरम तमुवान—मगरात(४ नं. प्रदेश)प्रथम प्रादेशिक भेलाले कास्कीका दीपक वाइबा तामाङको अध्यक्षतामा १७ सदस्यीय प्रादेशिक समिति गठन गरेको छ ।


पोखरा लेखनाथ महानगरपालिका भण्डराढिकस्थित ङ्योए तमु धिंमा सोमवार सम्पन्न भेलाले समितिको सदस्यहरुमा नवलपुरका छविलाल राना, गोरखाका सुकदेव तामाङ र तेजबहादुर गुरुङ, लमजुङका पृथ्वीमान घले, तनहुँका चन्द्रप्रकाश गुरुङ र सारदा कुमाल, कास्कीका काशीमाया गुरुङ, किसन विश्वकर्मा, स्याङजका हेमन्त थापा, पर्वतका भुवन रिजाल, बाग्लुङका कोकिला जिसी र पुर्णबहादुर घर्ती मगर, शिल्पी समुदायका चिनबहादुर नेपाली, भक्तबहादुर विश्वकर्मा र तारा नेपाली चयन हुनुभएको छ ।

नवनिर्वाचित समितिलाई संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ ग्रहण गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष तामाङले तमुवान—मगराँत प्रदेशलाई शसक्त बनाउने घोषणा गर्नुभयो ।

भेलाको दोश्रो सत्र सञ्चालन एवं कार्यसमिति चयनका लागि ससफो राजनीतिक समितिका सदस्य तथा मगराँत इञ्चार्ज महेन्द्र थापामगरको संयोजकत्वमा राजनीतिक समिति सदस्य तथा पुर्व सभासद डिबी नेपाली र बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो ।

यस अघि भेलाको मसाल प्रज्ज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङले संघीय समाजवादी फोरम नेपालले मधेश र पहाडलाई जोड्दै समृद्ध नेपाली राष्ट्रियता स्थापित गर्न खोजेको बताउनुभयो । उहाले थप्नु भयो, तर नक्कली राष्ट्रवादी एमालेहरु भने पहाड र मधेशलाई बिच गहिरो खाडल बनाउन उद्धत रहेको उहाँको आरोप थियो ।

पुर्व मन्त्री समेत रहनुभएका नेता चेम्जोङले संविधान शंसोधन गर्न एमालेले लिखित प्रतिवद्धता जनाए फोरम सत्ता साझेदार हुन सक्ने बताउनुभयो । फोरम अधिकार स्थापित गर्न संघर्षरत रहेको छ भन्नुहुदै उहाँले अधिकारसँग सत्ता सौदावाजी नगर्ने बताउनु भयो । नेता चेम्जोङले पाँच वर्षमा पार्टी ठुलो शक्ति आर्जन गरिरहेको भन्नुहुदै आगामी पाँच वर्षे योजना बनाएर पार्टी निर्माण र सशक्तिकरण अभियान सञ्चालन गरे ठुलो उपलब्धि हासिल गर्ने दावीका साथ नेता, कार्यकर्तालाई पार्टी व्यवस्थित बनाउन आग्रह गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक समितिका सदस्य तथा मगराँत इञ्चार्ज महेन्द्र थापामगर, राजनीतिक समितिका सदस्य तथा पुर्व सभासद डिवी नेपाली, बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङ, अर्का बैकल्पिक केन्द्रीय सदस्य निर्मल जिसी, गोर्खाका जिल्ला अध्यक्ष सुकदेव तामाङ, लमजुङका अध्यक्ष पृथ्वीमान घले, स्याङजाका अध्यक्ष हेमन्त थापामगर, नवलपुरका अधयक्ष डिवी गुरुङ, महिला फोरम कास्कीकी अध्यक्ष काशीमाया गुरुङ, संघीय समाज युकेका सचिव जगत गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो भने बैकल्पिक केन्द्रीय सदस्य यामबहादुर घर्तीले स्वागत र कास्की अध्यक्ष दिपक वाइबा तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गण्डकी नृत्य तारा अन्तिम गुरुङले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

भेलाले १६ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा पहिलो संविधान सभाको राज्य पुर्नसंरचना तथा राज्यशक्ति बाँडफाँड समिति वा राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगले सिफारिस गरेका पहिचान र सामथ्र्यका आधारमा १०+१ प्रदेशहरु बनाउनुपर्ने, १०+१ प्रदेश अन्र्तगत यस प्रदेशलाई तमुवान घोषणा गर्नुपर्ने र तत्कालका लागि चार नं. प्रदेशलाई प्रदेश सभा मार्फत तमुवान—मगरात नामाकरण गर्न गराउन संघर्षरत रहने जनाएको छ ।

यसरी नै जातीय विभेद तथा छुवाछूत लगायत समाजमा विद्यमान सवै प्रकारका विभेद अन्त्य गरी भेदभावमूक्त समाज निर्माण गर्न, समानुपातिक समावेशी सिद्धान्तको आधारमा जनसंख्याको अनुपातमा स्थानिय, प्रादेशिक र संघीय तह लगायत राज्यको सबै निकायमा प्रतिनिधित्व गर्न गराउन संकल्परत लगायत राजनीतिक अधिकार, जनजीविका र समृद्ध प्रदेश निर्माणका लागि विकास योजनाहरु घोषणापत्रमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com