ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पताललाई एक अर्ब दान गर्ने को हुन् श्रीजंग शाह ?


एबीसी न्यूज

काठमाडौँ, ६ फागुन । मेरो बुवा स्व. फत्तेजंग शाह र मुमा स्व. बालदिव्येश्वरी शाहज्यूले बि.सं. २०४३ सालमा आफू बसेकै घरजग्गाको दानबाट फत्तेबाल आँखा अस्पताल स्थापना भएको हो । फुल्टेक्रा नेपालगञ्जमा रहेको यस अस्पतालको म बिगत ३१ वर्षदेखि संरक्षक रही आएको छु । हाल म ९३ वर्षको भएँ । म ९३ वर्षको भएतापनि ईश्वरको कृपाले हालसम्म स्वस्थ र सकुशल छु । आफ्नो उमेर र मेरो बुवामुमाज्यूको अर्तिउपदेश समेतलाई मध्यनजर राख्दै हामी दम्पत्तिले पनि समाज र राष्ट्रको लागि केही योगदान, धर्म गरेर जाउँ भन्ने ईच्छा थिया । लगभग जीवनको उत्तरार्धमा मैले आफ्नो हकवाला पत्नी समेतको सल्लाह सहमतिमा का. जि. का.म.न.पा. वडा नं. १ कि.नं. ११२३ र ११२४ क्षेत्रफल क्रमशः ०–११–१–० र २–८–२–२ को आफ्नो निजि घर ‘श्रीकुञ्ज’ र जग्गा फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जलाई दान गरिदिएको छु।

म र मेरो पत्नी रुद्र कुमारी शाह जीवित रहुञ्जेलसम्म मात्र उक्त घरको प्रयोग हामीले गर्नेछौं ।तत्पश्चात फत्तेबाल आंखा अस्पतालले अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन र स्थायी सफल सञ्चालन गर्न आयआर्जनका लागि उक्त घरजग्गालाई भोगचलन गर्नेछ । अस्पतालले उक्त घरजग्गालाई अस्पतालको आयआर्जनको कार्यबाहेक अन्य कार्यमा प्रयोग गर्न वा अन्य कसैलाई हक हस्तान्तरण वा भोगचलन गर्न दिन पाउने छैन । सदैव फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जको स्वामित्व र अधीनमा रहने गरी मात्र दान दिएको छु । दानपत्रको लिखत मिति २०७४ फागुन १३ गते श्री मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा पारित भइसकेको छ।

फत्तेबाल आँखा अस्पताल एक सामाजिक कल्याणकारी संस्था हो । अस्पतालले कुनैपनि दाताले दिएको एक–एक पैसाको उच्चतम र प्रभावकारी ब्यवस्थापन गरी बिगत ३१ वर्षदेखि गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । स्वदेश तथा मित्रराष्ट्र भारतका समेत लाखौं सेवाग्राहीहरुलाई आकर्षित गर्न सकी सेवा प्रदान गरी रहेको छ । बिगत १७ वर्षदेखि अस्पताल आफ्नै खुट्टामा उभिन सफल भई आर्थिक स्वावलम्बनको अवधारणाका साथ प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ठूलो प्रगति गरेको छ।

यो जीवन सदा रही रहने होइन । म समय समयमा भागवत गीताको पुस्तक र पवित्र बाइबल पढ्ने गर्दछु । श्री कृष्ण भगवानको अमर बाणी ‘येतो धर्म तत्व जय’ र जीसस क्राइस्टले भन्नु भएको ‘डस्ट दो आर टु डस्ट रिर्टन्थ, वाज नट स्पोकन बाइ द सोल।’ भन्ने शब्दहरुले मेरो सोचाइमा ठूलो परिवर्तन ल्याएको हो । अहिले सम्पन्न भएको यो कार्य पनि त्यही सोचाइको परिणाम हो।

मेरो स्व. बुवाज्यूको आदेश थियो, ‘खानदानलाई बदनाम हुने कुनै काम नगर्नु । मैले दुःख गरी कमाएको सम्पत्ति कुपात्रको हातमा नपरोस् । कुपात्रको हातमा पर्यो भने धर्मको सट्टा पाप आइलाग्नेछ ।’ यी सब सिद्धान्त र आदेश उपदेशलाई मन्थन गरेर म अगाडी बढिरहेको छु । यो मेरो पुनित र असल कार्यमा दुःख दिने केही मेरा नातेदार स्वार्थी तत्वहरुको सामना गरिराखेको छु । जसलाई मैले त्यस्ता प्रबृत्तिको मानिसहरुको आचरणलाई स्वभाविक रुपमा लिएको छु । भगवान श्री पशुपतिनाथले रक्षा गर्नुहुन्छ भने कुनै तत्वले मलाई केही गर्न सक्दैन । परिस्थितिको सामना गर्ने ताकत बजरंगबली श्री हनुमानजीले मलाई बक्सेको छ।

यति लामो जिन्दगीमा सुखको दिन पनि अनुभव गरेको छु । देशको लागि बिदेशमा धेरै पटक बिभिन्न अन्र्तराष्ट्रिय सम्मेलन, बैठकहरुमा भाग लिने सुअवसर पाएको छु । राष्ट्रको प्रतिनिधित्व गर्ने सुअवसर पनि पाएको छु । राष्ट्रले सम्मान पनि दिएको छ।

बडो दुःखको कुरा पनि छ । यहाँका ठूला प्रभावशाली भनाउँदा ब्यक्तिहरुले नै हामीले गरेको यो धर्म कार्यलाई असफल पार्न लागिपरेका थिए र छन् । साथसाथै मेरो सारा सम्पत्ति खोस्ने प्रयास पनि गरे तर सकेनन् । आखिरमा धर्म र न्यायको नै जीत भयो । भगवान पशुपतिनाथले सबैको रक्षा गरुन्।

अन्तमा, संबिधानको सर्वाेच्चता, बिधिको शासन र लोकतान्त्रिक शासन पद्धति भएको यो मुलुकमा यसरी बिधि, प्रक्रिया र कानूनको धज्जी उढाउंदै प्रभावको आधारमा मात्र म जस्तो एउटा ज्येष्ठ असहाय नागरिकको संबैधानिक तथा कानुनी हक हनन गर्न खोज्ने प्रवृत्ति निरुत्साहित हुनै पर्दछ। मैले पाएको दुःख कष्ट अन्य कुनै नागरिकले खेप्न नपरोस् यही मेरो शुभकामना र सम्बन्धित सबै सरोकारवालाहरुलाई अनुरोध छ ।

को हुन् श्रीजंग शाह ?
फत्तेबाल आँखा अस्पताल संचालित घर जग्गा दान गर्ने कप्तान स्व.फत्तेजंग शाह र स्व.बालदिब्येश्वरी शाहका दोस्रो छोराको रुपमा वि.सं.१९८० मा काठमाडौमा श्रीजंग शाहको जन्म भएको हो।

श्रीजंग शाहले कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए, डिप्लोम्यासी र अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका छन् । विश्वका दर्जन बढी मुलुकको भ्रमण गरेका शाह सुविख्यात त्रिशक्ति पट्ट दोस्रो र गद्दी आरोहण रजत महोत्सव पटकबाट बिभूषित भइसकेका छन्।

लुम्बिनी बिकास कोष र पशुपति क्षेत्र विकासका लागि नेपाल सरकारबाट निर्देशन भएअनुसार देशब्यापी रुपमा चन्दा संकलन गरी सामाजिक योगदान दिएका शाह, बिगत ३० वर्षदेखि फत्ते बाल आँखा अस्पतालको संरक्षकको हुन्।

पशुपति क्षेत्र विकास कोषको उपाध्यक्ष समेत भइसकेका शाह विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको सम्मेलनमा नेपालको तर्फबाट अल्टरनेट गभर्नरको रुपमा सहभागी हुनुको साथै त्रिभुवन विश्वविद्यालयको सिनेट मेम्बर, नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालिन शाही नेपाल वायु सेवा निगमको निर्देशक पदमा रही सेवा गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्र ज्योति संघको आजीवन सदस्य रहेका शाह लुम्बिनी विकास कोषको सदस्य पदमा पनि क्रियाशिल थिए । नेपालगन्ज र काठमाडौ दुबै स्थानमा उनको घर रहेको छ । उनकी एक छोरी ईश्वरी राणा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com