बेँसीशहर, ७ कात्तिक । चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न जानुभएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति ...