ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिमेडिसिन सेन्टरबाट उपचार सेवा प्रभावकारी बन्दै


admin

 


पर्वत, ७ कात्तिक । यहाँको एक विकट गाउँमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले सर्वसुलभ रुपमा उपचार सेवा पाएका हुन् ।

ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विदेशी विषेशज्ञ डाक्टरले स्वास्थ्य सेवा दिन थालेपछि स्थानीय बासिन्दा लाभान्वित बनेका हुन् । अहिले उक्त सेन्टरमा बिरामीको भीड लाग्न थालेको छ ।

हाल स्वास्थ्य केन्द्रबाट क्षारे, मानसिक समस्या, पिसाब, छालारोग र नशाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विषेशज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका प्रमुख रोशन गुरुङले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रले इन्टरनेटको माध्यमबाट स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विषेशज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको हो । प्रविधिको प्रयोग गरी स्थानीयवासी १२० जना विभिन्न रोगका बिरामीमध्ये अधिकांश बिरामी निको भएको र केहीले नियमित औषधि सेवन गरिरहेको गुरुङले जानकारी दिनुभयो ।

लामो समयदेखि नशाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका फलेवास नगरपालिका–८ का ३८ वर्षीय अर्जुन कुँवरले यही केन्द्रबाट उपचार सेवा लिएर हाल निको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो नशाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो । यही आएर विशेषज्ञ डाक्टरको सुझावका आधारमा नियमित उपचार गरे, अहिले सहज रुपमा निको भएको छ ।” उहाँले हाल विदेशी डक्टरको सल्लाहमा घाँटीको नशाको शल्यक्रिया गरेपछि आफ्नो समस्या समाधान भएको बताउनुभयो ।

उहाँ जस्तै दर्जनौं बिरामी यहाँ आएर निको भएको स्वास्थ्य केन्द्रले जनाएको छ । उक्त केन्द्रमा उपचार गर्न आउने बिरामीमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई केन्द्रले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा समन्वय गरी उपचारका लागि पठाउने गरेको छ भने अन्य सामान्य बिरामीलाई यहीबाट सेवा दिने गरेको छ ।

विसं २०६६ मा बेलायतमा रहेका नेपालीको सङ्गठन चार भञ्ज्याङ तमु समाज यूकेको पहलमा स्थापना भएको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने गरेको प्राथामिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवामा प्राथमिक सेवामा दैनिक २५ जनासम्म बिरामीले सेवा लिन आउने गरेका छन् भने टेलिमेडिसिन सेवाअन्तर्गत हालसम्म १०७ जनाले सेवा पाएका छन् ।

टेलिमेडिसिन सेवा प्रभावकारी भएपछि हाल फलेवास नगरपालिका कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, विहादी गाँउपालिका र छिमेकी जिल्ला बागलुङ, र गुल्मीदेखि पनि सेवा लिन बिरामी यहाँसम्म आउने गरेका छन् ।

यस केन्द्रमा टेलिमेडिसी सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विषेशज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजन गर्ने गरिएको छ, भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको प्रमुख गुरुङले जानकारी दिनुभयो ।

उक्त संस्थाको स्वस्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि एम्बुलेन्स सेवा समेत सञ्चालनको तयारीमा रहेको केन्द्रले जनाएको छ । देशका विकट स्थानमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन यस किसिमको सेवालाई देशका अन्य स्थानमा पनि विस्तार गर्दै लैजानुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले भदौदेखि कार्यकर्ताका लागि ‘स्कुल’ चलाउने

काठमाडौं, २४ साउन । नेकपा एमालेको केन्द्रीय स्कुल विभागले भदौदेखि कार्यकर्ताका लागि नियमित रूपमा स्कुल चलाउने भएको छ। विभागको बैठकले कार्ययोजना पारित गर्दै भदौदेखि नियमित

काज सरुवा निकालेको एक साता नबित्दै एकैपटक नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा

काठमाडौँ, २४ साउन । प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ नायब उपरिक्षक (डीएसपी) को सरुवा गरेको छ । कार्यालयले १० जिल्ला र केही वृत्तहरुको इन्चार्ज फेरिने

नर्भिकलाई दिएको २४ घण्टे अल्टिमेटमबाट पछि हट्यो महानगर, अध्ययन गर्न समिति बनाउने सहमति

काठमाडौँ, २४ साउन । नर्भिक अस्पतालले सरकारी जग्गामा अवैध संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको

सम्बन्धित

थप ९ सय ३४ जनामा कोरोना पुष्टि, ४ सय ७० जना निको

न्यायधिवक्ता अधिकारीमाथि उजुरी

विप्लवका ‘बहुमत विद्रोही’र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच एकता

कुकुर मारेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ

लैनचौरबाट चिनियाँ नागरिकको अपहरण, डेढ करोड फिरौती माग

अमेरिकी सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...