ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरपालिकाले थप भएका वडामा ढल व्यवस्थापन गर्ने


admin
कार्तिक ७, २०७५ बुधबार  २ : ३२ बजे

ललितपुर, ७ कात्तिक । ललितपुर महानगरपालिकाले थप भएका वडामा ढल व्यवस्थापन गर्ने भएको छ । महागरपालिकामा गाभिएका साविक गाविसमा सडक र त्यस आसपासमा जथाभावी फोहर हुँदा महानगरपालिकाले ढल व्यवस्थापनको योजना बनाएको हो ।

ढल व्यवस्थापनका लागि यस वर्षको बजेटमा रु १० करोड बजेट छुट्टाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । कतिपय नगरका भित्री भाग त धेरै चक्रपथभन्दा बाहिरी भागमा ढल व्यवस्थापन गर्ने महानगरपालिकाको योजना छ ।

नगरका भित्री भागमा अधिकांश स्थानमा ढलको व्यवस्था भए पनि नयाँ थप भएका स्थानमा भने ढलको व्यवस्था छैन । यीमध्ये अधिकांश स्थानमा सडक निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “एकातिर सडक निर्माण कार्य भइरहने र अर्कातिर ढल नहुँदा स्थानीयवासी हैरान छन् ।”

महानगरपालिकाले आन्तरिक स्रोतबाट नै ढल व्यवस्थापनका लागि रकम छुट्टाएको हो । कुनकुन स्थानमा बढी आवश्यक छ भन्ने अन्तिम निर्णयका लागि अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “पहिले ढल नै नभएका स्थानलाई बढी प्राथमिकता दिइएको छ भने नगरका भित्री भागमा पनि आवश्यक ठाउँ हेरेर काम हुनेछ ।”

उपमहानगरपालिका हुँदा २२ वडा भएकामा महानगरपालिका भएसँगै २९ वटा वडा भएका छन् । यसअघि थप सात वडामा फोहरमैला सङ्कलन र ढल व्यवस्थापन दुवैमा महानगरपालिकाले काम गरेको थिएन । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com