ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङका घरेलु उद्यमीलाई झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ


admin
कार्तिक ७, २०७५ बुधबार  १ : २५ बजे

बागलुङ, ७ कात्तिक ।  तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । बागलुङका घरेलु उद्यमीहरुले तयार गर्ने झिनियाँ रोटीको माग बागलुङलगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो ।

नेपाली समाजमा तिहारको भाइटिकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेपनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेपछि बाह्रैमहिना झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको उद्यमीहरु बताउँछन् ।

बागलुङका उद्यमीले दशैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेषगरी तिहारको बेलामा झिनियाँको माग अत्याधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँ रोटी बनाइराखेको उद्यमीहरुको भनाइ छ ।

‘‘झिनियाँको माग अत्याधिक भएका कारण रातदिन नभनी काम गरिरहेकी छु’’ उद्यमी मीरा श्रेष्ठले भन्नुभयो, “यही सिजनमा चारदेखि पाँच लाखसम्मको झिनियाँका परिकार बिक्री गर्ने लक्ष्य छ ।”

श्रेष्ठले झिनियाँ, चिनी, तथा फिनि रोटी विगत लामो समयदेखि उत्पादन गर्दै आउनुुभएको छ । उहाँले वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागत रुपमा झिनियाँ बनाउँदै आएकी श्रेष्ठले बागलुङ बजारमा मात्र आफू जस्ता दर्जनौं महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताउनुभयो ।

तिहारमा दाजुभाइलाई सप्तरङ्गी टिकासँगै सप्तरङ्गी झिनियाँसमेत खुवाउने परम्परा रहेकाले उद्यमीहरु विभिन्न रङका झिनियाँ निर्माण गर्न व्यस्त भएका छन् । उद्यमी बिहान ३ बजेदेखिनै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् ।

‘‘अहिले झिनियाँको माग अत्याधिक छ’’ अर्का उद्यमी सरीता सापकोटाले भन्नुभयो,“ तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।” उद्यमीहरुका अनुसार रु एक हजार ४०० को चामलबाट करीब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ तयार गर्न सकिन्छ । थोक मूल्यमा दर्जनको एक सय रुपैयाँ तथा फुटकर रु १५० मा बिक्री गर्दै आइरहेका उद्यमीले यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त हुने गरेका छन् ।

दशैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com