काठमाडौँ, १७ वैशाख। गोर्खाली जातिका आराध्यदेव गुरु गोरखनाथको स्मरणमा आज वैशाख शुक्ल पूर्णिमाका दिन रत्नपार्क, शान्तिबाटिकास्थित उहाँको मूर्तिमा साधु, सन्त, अनुयायीलगायतले पूजा गरेका छन् । ओम सेना नेपालले आयोजना गरेको कार्यक्रममा त्यहाँस्थित गोरखनाथको मूर्तिमा विधिविधानअनुसार पूजासमेत गरिएको छ । सो अवसरमा पूजापछि भण्डारासमेत लगाइएको थियो ...