काठमाडौं ४ भाद्र । प्रहरीले पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान शुरु गरेको जनाएको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको अनुमान गरिएको बताउनुभयो । सोमबार बिहान काठमाडौको बबरमहलस्थित ...