काठमाडौं, ४ भाद्र । काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा मृत्त अवस्थामा फेला परेका छन् ।
महानगरीय प्रहरी परिसरका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।
पूर्व राजदुत झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेका थिए । उनीसँगै एउटा चक्कु पनि फेला परेको छ ।
करीब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्