काठमाडौं ४ भाद्र । महिलामाथि हुने विभिन्न खालका विभेदविरुद्धको प्रस्ताव निर्णयार्थ संसदमा आज पेश हुने भएको छ ।
संसद सचिवालयले जारी गरेको संभावित कार्यक्रमको दैनिक कार्यसूचीमा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।
महिलामाथि हिंसाका श्रृंखला बढिरहेको बेला उक्त प्रस्तावलाई संसदले पनि प्राथमिकताको सूचीमा राखेको देखिएको छ
।नेकपा सांसद विन्दा पाण्डेले दर्ता गराएको सो प्रस्ताव सोमबार दिउँसो एक बजे बस्ने संसदको बैठकमा पेश हुने भएको हो । ‘हत्या, बलात्कार, बोक्सीको आरोपमा उत्पीडन, छाउपडी, यौनजन्य हिंसा, दोइजोको निहुँमा हुने कुटपीटलगायका अपराधबाट पीडित
महिलाको उपचार र क्षतिपूर्तिको व्यवस्था गरियोस्’ सो प्रस्तावमा उल्लेख छ । प्रस्तावमा विद्यलाय तहका पाठ्यक्रममा नै सामाजिक न्याय र समानताका विषय समावेश गर्न सरकारलाई निर्देशन दिन संसदसमक्ष माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्