दमासकस, २० वैशाख । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ । ...