ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिणी यमनमा आइएसका ‘उच्च नेता’ मारिएको प्रहरीको दावी


एबीसी न्यूज
बैशाख १६, २०७५ आईतबार  ६ : ४८ बजे

एडेन, यमन, १५ वैशाख ।  इश्लामिक स्टेट (आइएस) समूहका एकजना उच्च नेता दक्षिणी यमनको सरकार नियन्त्रित क्षेत्रमा सुरक्षाकर्मीले गरेको खानतलासीका क्रममा शनिबार मारिएका यमनको प्रहरीले जनाएको छ ।

एडेन र अभियान क्षेत्रका उक्त समूहका स्वघोषित नेता (अमिर) सालेह नासर फादल अल–बाक्सीलाई सुरक्षाकर्मीले लुकेर बसेको अवस्थामा यमनको सरकार नियन्त्रित क्षेत्रबाट पक्राउ गरिएको, एडेन प्रहरीका उच्च अधिकारीले एएफपीलाई बताए ।
आइएस र अल कायदाको अरवी प्रायदीपमा संगठित इश्लामिक सञ्जालले यमनको दक्षिणी क्षेत्रलाई सुरक्षित आश्रयस्थल बनाउँदै यमनमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् ।

यमनी नेता अबेद्रब्बो मन्सुर हाडीलाई यमनी सिया हुथी विद्रोहीले राजधानी सानाबाट धपाएपछि सन् २०१५ देखि दक्षिणी यमनमा बस्दै आउनुभएको छ । उहाँलाई साउदी नेतृत्वको सैनिक गठबन्धनको सहयोग रहँदै आएको छ ।
दक्षिणी यमनमा अरबी प्रायदीपमा रहेका अलकायदा समूहलाई लक्षित गरी संयुक्त अरब इमिरेट्सको नेतृत्व र अमेरिकी सहयोगमा सुरक्षा कारबाही भइरहेको इलाका पनि हो ।

यमनमा सन् २०१५ मा सुरु भएको द्वन्द्वका कारण झण्डै १० हजार व्यक्तिले ज्यान गुमाएका छन् भने उक्त देशमा संयुक्त राष्ट्र संघको शब्दमा विश्वकै विकराल मानवीय सङ्कट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मदन–आश्रितका विचार र योगदान यात्रामा दीपस्तम्भझैं छन्– केपी ओली

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

सम्बन्धित

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com