वैशाख १७ – अफगानस्तानको राजधानी काबुलमा दुईवटा बम विष्फोट हुँदा चार पत्रकारसहित कम्तीमा २१ जनाको ज्यान गएको छ ।

मोटरसाइकलमा आएका आत्मघाती विष्फोेट गराएपछि त्यसको फोटो खिचिरहेका समाचार संस्था एएफपीका मुख्य फोटो पत्रकार शाह मराईको ज्यान गएको हो ।
एएफपीका अनुसार आत्मघाती आक्रमणको तस्बिर खिचिरहेका बेला पत्रकारलाई नै लक्षित गरि गराइएको अर्को आक्रमणमा मराईसहित अन्य तीनजना पत्रकारको पनि ज्यान गएको हो । समाचार संस्था अल्जजिराले भने आक्रमणमा ६ पत्रकार मारिएको दावी गरेको छ ।
आक्रमणकारीले आफू पनि पत्रकार रहेको भन्दै पत्रकार रहेको ठाउँमा पुगेको र विष्फोट गराएको अफगानस्तानका प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटमा धेरै नागरिक घाइते भएको खबरमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्