टोकियो, ४ असोज । जापानका प्रधानमन्त्री सिन्जो अबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ । यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहनुहुने निश्चित भएको छ ...