ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका राष्ट्रपति मुन तीन दिने भ्रमणका क्रममा उत्तरमा


एबीसी न्यूज
आश्विन २, २०७५ मंगलबार   ८ : ५२   बजे

काठमाडौं, २ असोज । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन तीन दिने भ्रमणका क्रममा उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्। उत्तर कोरिया र अमेरिकाबीच सुरु भएको आणविक निशस्त्रिकरण वार्ता समस्या परेपछि सुचारु गराउने प्रयास स्वरुप मुन प्योङयाङ पुगेका हुन्।

विशेष विमान मार्फत मुन सोमबार बिहान प्योङयाङ उत्रिएका हुन्। मुनलाई स्वागत गर्न उत्तर कोरियाली राष्ट्रपति किम जोम उन एयरपोर्ट पुगेका थिए। उत्तर कोरियाली सेनाको स्वागत धुनबीच किम एयरपोर्टमा बिच्याइएको रातो कार्पेटबाट मुन चढेको जहाजतर्फ स्वागत गर्न अगाडि बढेका थिए।

जहाजबाट मुन उत्रिएपछि दुई कोरियाली राष्ट्रपतिले हात मिलाए। त्यसपछि अंकमाल गरे। सँगै गएका दक्षिण कोरियाली र उत्तर कोरियाली राष्ट्रपतिका श्रीमतीले भने हात मात्र मिलाएर एक अर्कालाइ अभिवादन गरे।

उत्तर कोरिया भ्रमणमा जाने मुन तेश्रो दक्षिण कोरायाली राष्ट्रपति हुन्। राष्ट्रपति किम भने पाँच महिना अघि दक्षिण कोरिया गएका थिए।

पाँच महिना अघि दुई राष्ट्रपतिबीच दक्षिण कोरियामा भएको भेटवार्तापछि उत्तर कोरियाली राष्ट्रपति किम र अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्मबीच गत जुनमा सिङ्गापुरमा भेट भएको थियो।

ट्रम्प र किमको भेटपछि अमेरिकी विदेश मन्त्री माइक पम्पेओ निशस्त्रिकरण वार्त गर्न प्योङयाङ पुगेका थिए। त्यसपछि पनि अमेरिका र उत्तर कोरियाबीच सम्पर्क र वार्ताहरु भएपनि कोरियन प्रायद्विपलाई आणविक निशस्त्र बनाउने कामले गति लिन सकेको छैन।

अमेरिकी विदेशमन्त्री पम्पेओले वार्तामा ‘ग्याङस्टर’ जस्तो व्यवहार गरेको उत्तर कोरियाले आरोप लगाउँदै आएको छ। अमेरिकाले भने केही कुरामा छुट दिन नचाहेको तर उत्तर कोरियाले भने आफ्ना सबै आणविक कार्यक्रम त्याग्नु पर्ने माग अमेरिकाले राखेर विश्वासको वातावरण बिगारेको उत्तर कोरियाको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group