ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र क्युबाबीचको सम्बन्धमा ह्रास आयो:क्युबाली राष्ट्रपति


bhawani desk
आश्विन १, २०७५ सोमबार  २ : ४५ बजे

 

हवाना, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा क्युबा र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा ह्रास आएको क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले बताउनुभएको छ ।

“दुई देशबीचको सम्बन्धमा आज ह्रास आएको छ । हामीले अझै पनि संवादको पहल जारी राखेका छौं र हामीले कुनै पनि बखत संवादको सम्भावनालाई खारेज गरेका छैनौं, तर यो समानताका आधारमा हुनु पर्दछ,” डायाज कनेलले टेलिसुर टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै बताउनुभयो । कार्यकाल सम्हालेयता यस वर्ष उहाँको यो नै पहिलो अन्तर्वार्ता हो ।

अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प विजयी भएसँगै पूर्व राष्ट्रपति बाराक ओबामाले शुरु गर्नुभएको ऐतिहासिक कुटनीतिक संवादमा कमी भइरहेको छ ।

डायाज–कनेलले क्युबामाथि अमेरिकी आर्थिक प्रतिबन्ध नाजायज रहेको बताउँदै अमेरिकी प्रतिबन्ध नै मुलुकको विकासका लागि मुख्य बाधक रहेको उल्लेख गर्नुभयो ।

उहाँले अमेरिकी कुटनीतिज्ञलाई प्रभावित तुल्याउने गरी भएको रहस्यमय “स्वास्थ्य आक्रमण” मा क्युबाको कुनै भूमिका नरहेको बताउँदै भन्नुभयो ः “हामीले कसैलाई पनि आक्रमण गरेका छैनौं ।”

स्वास्थ्य आक्रमणबाट पीडित भएका कुटनीतिज्ञहरुमा मस्तिष्कमा घाउचोट देखिएको र सुन्ने क्षमता कमजोर भएको पाइएको छ ।

सोही अन्तर्वार्तामा डायाज–केनेलले समलिङ्गी बिबाहलाई मान्यता दिन आफू तत्पर रहेको बताउनुभयो । डायाज–केनेलले वर्षौंदेखि सत्ता चलाइरहेका क्यास्ट्रो परिवारको हातबाट गत अप्रिलदेखि राष्ट्रपतिको कार्यभार लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com