ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निःशस्त्रीकरणप्रति कीमको थप प्रतिबद्धता, सिओल भ्रमण गर्ने कीमको इच्छा


bhawani desk
आश्विन ३, २०७५ बुधबार  १ : ०७ बजे

एजेन्सी, ३ असोज । उत्तर कोरियाली नेता कीम जोङ–उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाउनुभएको छ । यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः शुरु हुने सम्भावना बढेको छ ।

प्योङयाङमा आयोजित उत्तर कोरियाली नेता कीम र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–उन बीचको ऐतिहासिक द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो । दक्षिण कोरियाली राष्ट्रपति तीन दिने भ्रमणका क्रममा हाल उत्तर कोरियामा हुनुहुन्छ ।

“उत्तर कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुबै देशका विज्ञहरुको सहभागितामा सधैंका लागि बन्द गर्न सहमति जनाएको छ,” कीमसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले बताउनुभयो । उक्त पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण सिओलमा पनि गरिएको थियो ।

उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायी रुपमै बन्द गर्नेजस्ता थप कदमहरु पनि चाल्ने सहमति जनाएको छ, तर त्यसका लागि अमेरिकाले आफ्ना नीतिहरुमा सामयिक पुनरावलोकन गर्नु पर्दछ, राष्ट्रपति मूनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दक्षिण र उत्तर कोरियाले पहिलो पटक आणविक निःशस्त्रीकरणका बारेमा छलफल गरेका छन् ।”

कीमले आफू र मूनले सबै किसिमका आणविक हातहतियार त्याग्ने तथा कोरियाली द्वीपमा रहेको आणविक त्रास हटाउने प्रतिबद्धता जनाएको बताउनुभयो ।

“यो घोषणाले दुबै देशबीचको सम्बन्धमा सुधार ल्याउन उच्चस्तरको मार्गप्रशस्त गरेको छ, र यसले शान्ति र समृद्धिको ढोका खोल्न हामीलाई नजिक ल्याएको छ,” प्योङयाङ सम्झौतामा हस्ताक्षर गर्दै कीमले बताउनुभयो ।

संयुक्त घोषणापत्रमा आणविक निःशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाले प्रतिबद्धता जनाएको छ ।

प्योङयाङको तीन दिने भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति मूनले अमेरिका र उत्तर कोरियाबीचको अबरुद्ध वार्ता पुनः शुरु गराउन पहल गर्ने बताउनुभएको थियो । संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले भन्नुभयो, “उत्तर कोरिया र अमेरिकाबीचको वार्ता पुनः शुरु हुने मैले विश्वास लिएको छु ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दैै अन्तर–कोरिया शिखर बैठकमा भएका सहमति स्वागतयोग्य रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, “कीम जोङ उनले आणविक सुपरीवेक्षणका लागि अनुमति दिन सहमति जनाउनु भएको छ, र अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा एउटा आणविक परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रहार केन्द्र सधैंका लागि बन्द गर्न राजी हुनुभएको छ ।”

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियासँग रहेका आणविक हातहतियारको सूची उपलब्ध गराउन र आणविक केन्द्रहरुको निरीक्षण गर्न माग गरिआएको छ ।

तर उत्तर कोरियाले अमेरिकी मागलाई अस्वीकार गरिरहेको छ । यहीकारण दुबै देशबीचको वार्ता केही समयदेखि अबरुद्ध छ ।

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकारले भने हाल दुबै मुलुकबीच भएको सहमतिले अमेरिका र उत्तर कोरियाबीच वार्ताको ढोका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

दुबै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरुलाई अझ फराकिलो बनाउने सहमति पनि भएको छ । राष्ट्रपति मून बिहीबार स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com