मकवानपुर, १७ फागुन । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशनबाट निर्वाचित हुनुभएका उहाँलाई निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीले आज प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सोमबार सम्पन्न अधिवेशनमा लामासँग आनन्दराम पराजुली र जयराम लामिछाने चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ...