ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित


एबीसी न्यूज
भाद्र ११, २०७६ बुधबार  ३ : ३४ बजे

काठमाडौं, ११ भदौ । प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण गर्न बनेको विधेयक २०७६ रहेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हकसम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राष्ट्रिय वनको संरक्षणसम्बन्धी विधेयक पारित गर्न प्रस्ताव राख्नुभएको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री जम्मकट्टेलले बैठकमा सूचनाको हकसम्बन्धी दफावार छलफलमा सदस्यले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुँदै प्रदेशमा सूचनाको हकसम्बन्धी ऐनलाई तत्काल व्यावहारिक र दलगत स्वार्थभन्दा पृथक राखेर सर्वसाधारण नागरिकलाई सुरक्षाको अतिसंवेदनशील विषयबाहेक सबै प्रकारका सूचना प्रवाह गरिने बताउनुभयो ।

उक्त विधेयकमाथि छलफलमा प्रदेशसभाका सदस्यले सरकारले सूचनाको हकलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शीका साथ व्यावहारिक रुपमा लागू गर्न सुझाव प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाका सदस्य रमेश पौडेल, सीता लामा, रिना गुरुङ, नरोत्तम वैद्य, बलराम पौडेल, कृष्णप्रसाद भुर्तेल, विजया केसी श्रेष्ठ, रीता माझी र रामेश्वर फुयाँलले सूचना हकलाई सर्वसाधारण नागरिकसम्म पहुँच पु¥याउन र आदिवासी जनजातिको मातृ भाषामा बुझिने गरी सूचना प्रवाह गर्न कार्यदल बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।

आजै बसेको बैठकमा शून्य समयमा बोल्नुहुने सदस्यले राष्ट्रिय महत्वको साथै जनतासँग सम्बन्धित सरोकारको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँहरुले शून्य समयमा भक्तपुर क्यान्सर अस्पतालको दैनिक प्रशासन कार्यमा भक्तपुर नगरपालिकाले बिना कारण हस्तक्षेप गरेको र त्यसका कारण बिरामीका उपचारको लागि चिकित्सक सेवामा अवरोध पुग्न गएकोप्रति प्रदेश सरकारको पनि ध्यान पुग्नुपर्ने तथा भक्तपुर नगरपालिकाले सो अस्पतालको विषयमा यथार्थ सूचना सार्वजनिक गर्न माग गर्नुभयो ।

उहाँहरुले तत्कालीन नेकपा माओवादीबाट सञ्चालित जनमुक्ति सेनालाई हाल अवकास प्राप्त गरेका व्यक्तिलाई परिचयपत्र दिई स्वरोजगारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिनुभयो । प्रदेश ३ अन्तर्गत सिमानामा पर्ने जिल्ला र प्रदेश २ को सीमा जोडिएको जिल्लाको सिमानामा दुवै प्रदेशका सरकारहरुको सहमतिमा सिमाना कायम गरी जनतालाई आ–आफ्नो सुविधा अनुसारको उद्योग सञ्चालन गर्न दिनुपर्ने माग गर्नुभयो ।

प्रदेश नम्बर ३ को सरकारले स्थायी राजधानीको टुङ्गो लागि सकेपछि एकीकृत कार्यालयको स्थापना र सो कार्यालयले प्रदेशको जिल्लामा विकासको पूर्वाधार निर्माण गर्ने वातावरणको सिर्जना गर्न प्रदेशसभा सदस्यले सरकारसँग छिट्टै कार्यदल बनाउन आग्रह गर्नुभयो । शून्य समयमा बोल्ने सदस्य ओमबहादुर घलान, नरेशराज श्रेष्ठ, चेतनाथ सञ्जेल, छिरिङदोर्जे लामा, जगतबहादुर सिंह, नरोत्तम वैद्य, विराजभक्त श्रेष्ठ, न्हुच्छे नारायण श्रेष्ठ, गीता वाग्ले, प्रेमबहादुर पुलामी र दीपक निरौला हुनुहुन्थ्यो । अर्को बैठक भोलि बिहीबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com