काठमाडौं, ४ जेठ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र तनावलाई लिएर सांकेतिक विरोध जनाउने भएको छ। बारले सर्वोच्चको अवस्थालाई लिएर दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ।सोमबार अपराह्न सम्पन्न बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोधस्वरूप लालटिन बाल्ने भएको हो।
बारका अध्यक्ष डा। विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ।
उनले अदालतमा न्याय खोज्न जाने नागरिकका रिट तथा मुद्दा नै दर्ता नहुने अवस्था गम्भीर चिन्ताको विषय भएको पनि बताए।
‘यदि अदालतमा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले न्याय कहाँ खोज्ने रु न्याय पाउन कहाँ जाने रु’, उनले प्रश्न गर्दै भने ।
सोमबार सर्वोच्चकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश अस्वीकार गर्दै प्रशासनका कर्मचारी फाइल नै बोकेर भागेका थिए। मल्लले प्रधानन्यायाधीशमा सिफारिस डा। मनोजकुमार शर्माविरूद्धका निवेदन दरपीठ नगरी दर्ता गर्ने आदेश गरेकी थिइन् ।








प्रतिक्रिया दिनुहोस्