काठमाडौं, ५ जेठ । ग्लोबल आइएमइ बैंक विराटनगर शाखामा कार्यरत पिताम्बर खड्का बैंकका सिनियर अफिसरको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको केही समयपछि मृत फेला परेका छन् । झापाको दमक नगरपालिका वडा नं ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का घरमै मृत भेटिएका हुन् ।
उनले मृत्यु हुनुअघि सोही बैकका सिनियर बैंकरहरुको तस्बिर राखेर ‘तिमीहरुले मलाई मारेका छौ’ लेखेका छन् । उनले लेखेका छन्, ‘यु बास्टर्ड किल मी ।’
पिताम्बरले दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको नाम समेत मेन्सन गरेका छन् । उनीहरु ग्लोबल आइएमई बैंकका सिनियर बैंकर हुन् । खड्का यसअघि झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । उनी त्यसपछि विराटनगर शाखामा सरुवा भएका थिए ।
खड्का हिजो साँझ ५ बजेतिर मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकका बुबा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताएको छ ।








प्रतिक्रिया दिनुहोस्