काठमाडौं । २०७९ को प्रतिनिधिसभा निर्वाचनले काठमाडौं क्षेत्र नम्बर–२ को राजनीतिक समीकरण उल्ट्याइदियो। दशकौँदेखि कांग्रेस–एमालेको पकड मानिएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अप्रत्याशित जित निकाल्दै नयाँ राजनीतिक युगको संकेत गर्यो। सोविता गौतमको विजय केवल व्यक्तिगत जित थिएन, त्यो परम्परागत दलप्रति मतदाताको असन्तुष्टिको अभिव्यक्ति पनि ...