काठमाडौं ९ पुस । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन ज्वरो आएपछि अस्पताल भर्ना भएका छन्। वासिङ्टन डीसीस्थित एक अस्पतालमा उनको परीक्षण भइरहेको उनका एक प्रवक्ताले जानकारी दिएका छन्। ‘राष्ट्रपति ठिक छन्,’ क्लिन्टनका डेपुटी चिफ अफ स्टाफले भनेका छन्। क्रिसमसमा घर फर्किनेमा क्लिन्टन आशावादी रहेको उनको भनाइ छ। ...