काठमाडौँ, २८ भदौ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रपति कार्यालय स्रोतले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको जानकारी गराएको छ । तर प्रधानमन्त्री निकट स्रोतले भने जेनजीका प्रतिनिधिसँगको सहमतिमा प्रतिनिधिसभा विघटन भएको बताएका ...