ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र उपाय हो: पूर्वराष्ट्रपति यादव


ABC News

काठमाडौं २७ भदौ ।पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्बन्धित सरोकारवालालाई जेनजीको माग सम्बोधन गर्न सुझाएका छन्। शुक्रबार एक वक्तव्य जारी गर्दै संविधानकै सही कार्यान्वयनबाट जेनजीको माग सम्बोधन सम्भव रहेको बताएका हुन्। 

उनले भदौ २३ गते सोमबार जेनजी ब्यानरमा युवा तथा किशोर–किशोरीहरूको जुलुस प्रदर्शनको क्रममा भएको अकल्पनीय हिंसा, आगजनी, तोडफोड र लुटपाटका घटनाले सिंगो मुलुकलाई नै कम्पित एवं स्तब्ध तुल्याएको उल्लेख गरेका छन्। यस घटनाबाट व्यक्तिगत रूपमा आफू अत्यन्त दुःखी र मर्माहत भएको उनले जनाएका छन्।

‘सर्वप्रथम म उक्त जघन्य हिंसा र आगजनीमा परी अकालमा ज्यान गुमाउनु भएका भाइ–बहिनीहरूको आत्माले शान्ति पाओस् भनी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु,’ उनले भनेका छन्, ‘साथै आफ्ना होनहार सन्तान, साथी र सहपाठीलाई असमयमा गुमाउनुपर्दा शोकको पीडामा रहनुभएका दिवंगत युवाका परिवार तथा स्वजनहरूप्रति समवेदना व्यक्त गर्दै उहाँहरूलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दछु।’

युवाहरूको सो आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन–व्यवस्था अर्थात् सुशासनजस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको पूर्वराष्ट्रपति यादवको ठहर छ। ‘तिनले उठाएको माग हामी जो–कोहीका पनि अभीष्ट हुन्, तर आन्दोलनका नाममा त्यस दिन र भोलिपल्ट समेत मुलुकमा जुन तहको विनाश र विध्वंश मच्चाइयो– त्यसको कारण, उद्देश्य र कर्ता समेतको वास्तविकता पहिल्याउनु आज अतिजरुरी छ’ उनले उल्लेख गरेका छन्। 

नेपालको संविधान २०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र निरपराध उपाय रहेको उनको भनाइ छ।

देशको ऐतिहासिक धरोहरसमेत रहेको सिंहदरबार, शितल निवास, प्रधानमन्त्री तथा मन्त्रीका निवास एवं मन्त्रालयहरू, सर्वाेच्च अदालतदेखि जिल्ला आदालतसम्मका न्यायिक संरचना, प्रदेशसभा र मुख्यमन्त्रीका कार्यालयदेखि गाउँ र नगरपालिका तहका संरचनाहरूमा गरिएको नियोजित जस्तो देखिने भदौ २३–२४ गतेको तोडफोड र आगजनीका कृत्यहरूको यथार्थ उद्देश्य र त्यसका कारकहरू ठम्याउनु मुलुक र नेपाली समाजको अमनचयन राष्ट्रको एकता, अक्षुणता एवं सुरक्षित भविष्यका लागि समेत अपरिहार्य रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘विशेषगरी २०६२/०६३ को जनआन्दोलन अनि नेपालको संविधान २०७२ द्वारा सिर्जित र स्थापित शासन पद्धतिलाई धुलिसात पार्ने प्रयास भएको तथ्यतर्फ पनि हामी सबैको ध्यान जानु जरूरी छ,’ पूर्वराष्ट्रपति यादवले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योल अन्त्य गरी हरेक नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्‍याउन जिम्मेवार निकाय र पदाधिकारीहरूले अब थप विलम्ब गर्ने छैनन् भन्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले विज्ञप्तिमा भनेका छन्, ‘यस आन्दोलनका क्रममा लाखौं नेपालीलाई रोजगारी दिने अनि राज्यलाई अर्बौं रुपैयाँ राजस्व तिरेर मुलुक र समाजको आर्थिक समृद्धिमा ठुलो योगदान गरिरहेका मूल्यवान औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानहरूमा भएको तोडफोड र आगजनीले देशको अर्थतन्त्रमा दूरगामी धक्का पुर्‍याएको छ। यस्तो घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति यसलाई गम्भीरतापूर्वक लिन म सबैलाई अपील गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com