ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नत्र अल्फा पुस्ताको रगतमा यसरी नै हिड्न हामी आजैदेखि तयार रहनुपर्छ


उत्तम बाबु श्रेष्ठ
भाद्र २७, २०८२ शुक्रबार   २ : ३९   बजे


जुन हिसाबले सत्ता परिवर्तन हुने तर्फ देश जाँदैछ, त्यो संभवत संसारकै राजनैतिक इतिहासमा नौलो मात्रै होइन, अभूतपूर्व हो । संसारभर उदाहरण दिइने रूसको बोल्सेभिक क्रान्तिमा लेनिनको नेतृत्वको फौजले दुइ दिनमै सत्ता कब्जा गरेका थियो नोभेम्बर ७, १९१७ मा । यद्यपी, त्यसको अगाडी कयौं महिनासम्म त्यहाँ मजदुर आन्दोलन, बन्द, हडताल भएको थियो ।
पछिल्लो समयमा भएको बंगलादेशमा पनि हसिनाले देश छाड्ने अवस्थाको अन्तिम धक्का दिने भन्दा अघिसम्म कयौं दिनसम्म ढाका विश्वविद्यालयका विद्यार्थीहरूले आन्दोलन चलाएका थिए । अन्तिम दिनको ‘टेरर’, धक्का वा विद्रोहले हसिनालाइ देश छाड्न बाध्य पार्यो । र, परिवर्तन भयो ।
दोश्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा आणविक बम नखसालेको भए जापानले आत्मासमर्पण गर्थो होला र , त्यसपछि पनि जापानले आत्मासमर्पण गर्न एक हप्ता समय लागेको थियो ।
सोभियत फौजले बर्लिनलाइ धेरा नहालेको भए, हिटलरले बंकरभित्रै आत्माहत्या गर्थो होला त ?
केटाकेटी भनेर खिसीगर्नुस् (केटाकेटी के भन्ने पृथ्वी नारायण शाह राजा हुँदा २० बर्षका थिए,) डिस्कर्ड, रेडइट र च्याटजीपिटी पुस्ता भनेर होच्याउनुस, तर तिनीहरूले हल्लाएको हो, नेपाली भ्रष्ट सत्ताको जरा र तन्तु । यसो हेर्दा नेपालमा यसअघि हामीले कहित्यै नदेखेको आन्दोलन वा ठूलो शहरी विद्रोह भएको हो । त्यसले सिर्जना गरेको ‘टेरर’ले नै अहिले परिवर्तन हुन लागेको हो । अधिकांश नेपालीको दिमागमा एकदिन जनताले बदला लिन्छन् । जनता रिसाएका छन् । नेतालाइ सकाउँछन् भन्ने थियो । मैले चौंरी खर्कमा भेडा चराउनेदेखि सिंहदरबारको कुर्सीमा विराजमानहरूको मुखबाट त्यो कुरा सुन्दथे । त्यो जनतालाइ पनि थाह थियो, सिंहदरबारमा बस्नेलाइ पनि । जब कुनै कुरा सबैलाइ लाग्छ, त्यो कमन नलेज बन्दछ र त्यो भइछाड्छ । तर त्यो समय यसरी आयो, हामीले त्यसको मेसो समेत पाएनौं । त्यसमा घुसपैठिया, बदलालिने भाव भएका, लुटपाटकर्ता, बौलाह तालका सबै खाले मान्छे पनि मिसिए होलान् । कर्यौ निर्दोषहरु निशानामा परे । जुन दुर्भाग्यपूर्ण छ । तर त्यो स्तरको टेरर नभएको भए, त्यत्रो देशभर पार्टी संरचना भएका पार्टीको दुइ तिहाइको सरकार तासको महल जस्तै ढल्थ्यो होला ? त्यो पनि विना औपचारिक संगठन भएको लुज नेटवर्क तप्काको अगुवाइमा भएको आन्दोलनले ? यत्रो टेरर नभएको भए यो सत्ता हामीले फेसवुकमा वा अन्यत्र लेखेर, नेतालाइ सरापेर, गाली गरेर मात्रै ढल्थ्यो होला त यो विरासत ? त्यसपछिको अवस्थामा उनीहरूले जेनजीले भनेकै मान्छौं भनेर अहिले जसरी भनिरहेका छन् त्यो हुन संभव थियो होला त ?
सेनाको भूमीका, नेपाली सेनाले ज्ञानेन्द्रको शाही कालमा बफादारीता देखाएपनि पछिल्लो समयमा सेनाले प्रोफेसनल नै काम गरेको जस्तो लाग्यो । उसले माओवादीले सेनापति फेरेर असफल कु गर्न लाग्दा होस् वा अहिलेको अबस्थामा । धेरैलाइ लागेको छ, सेनाले सिंहदरबार लगायतका संरचना किन जोगाएन ? त्यो सत्य हो, जोगाउनुपर्थ्यो ? तर अर्को सत्य के पनि हो भने त्यो गर्न सेना तम्सिएको भए र गोली ठोक्न थालेको भए, अहिले हुन लागेको यो परिवर्तन यति चाँडै आँउथ्यो होला ? आन्दोलन बढ्दै जाँदा कति रक्तपात र कति थप क्षति हुन्थ्यो होला ? वा बैदेशिक हस्तक्षेपको खतरा पनि त हुन्थ्यो होला ।

लाग्दैछ, २०४६ सालपछि कर्मचारी, प्रहरी, जासुसी संयन्त्र, न्यायालय, अक्तियार सबैमा दलका मान्छे घुसे । र ति संयन्त्रहरू पंगु भयो । त्यहाँ चेन अफ कमान्ड, अचष्कष्क mबलबनझभलत उबिल खासै काम गर्ने खालको नै रहेनछ वा नबनाइएको रहेछ । हामीले खिचेको फोटो राख्ने त दुइ तिन व्याकअप हुन्छ । यत्रो जनताको तथ्यांकको व्याकअप हुने प्रणाली त होला नि ? हुनुपर्छ कि पर्दैन ? दलियकरणले गर्दा हाम्रौ संस्थानहरू सबै निकम्मा बनेका रहेछन् । त्यसैले तिनीहरूले एकदमै नराम्रो अवस्थामा के गर्ने ? कसरी काम गर्ने भनेर सोचेका नै रहेनछन्, हाम्रा संस्था हाँक्नेहरूले । सिंहदरबारमा सयौं गाडीको ताँति हुँदा त्यहि हुनपर्ने होइन दमकल लगायतका थुप्रै क्राइसिस म्यानेजमेन्टका टुल र प्रणाली ? एउटाले काम नगरे अर्कौ हुनुपर्ने होइन ? केहि यूवाहरूले प्रयास गरे, राष्ट्रिय अभिलेखालय जोगियो । कस्ले गर्यौ निभाउने र जोगाउने प्रयास ? दुखका कुरा, कवाडी र फौहौर पनि राम्रौसँग ठेगान लगाउन जानेकौ छैन् हाम्रौ सिंहदरबारले । दलियकरण नभएकौ संस्था बाँकि भएक भनेकौ सेना रहेछ । त्यसैले त्यत्रौ ‘टेरर’ पछि अवस्थालाइ विस्तारै ट्रयाकमा ल्याउँदैछ । त्यसैले अलि सुझबुझ पूर्ण काम गरेकौले थप क्षति भएन र परिवर्तन पनि हुन लाग्यौ ।
यौ अप्रिय लाग्ने कुरा पनि नभुलौं, हामीले घुस खाने भएर नै, हामीले भ्रष्ट्राचारको अखडा बनाएकोले नै, हामीले जनताको करबाट तलब खाने र उनीहरूलाइ नै भनेजस्त सेवा नदिएकोले निशानामा परेको हो हाम्रा कार्यालयहरू । हामीले समाजमा हुने र नहुने विचमा ठूलौ खाडल बनाएर नै र हुनेखानेले नहुनेहरूप्रति अलिकति पनि दयाभाव राख्न नजानेकोले नै यो वितन्डामा घ्यु थपेको हो । गल्ती हामीले गर्यौं, निशानामा परे ती भौतिक संरचनाहरू । सिसिटिभी र अन्य फुटेज हेरेर आगजनी र लुटपाटमा संलग्नहरूलाइ कारबाही गर्नुपर्छ । तर सदाको लागि यो वितन्डा रोक्ने उपाय भनेको, घुस खान रोक्ने, भ्रष्टाचार रोक्ने, जनमैत्री हुने र समाजमा राज्यले अवसरको वितरणमा कुनै भेदभाव नगर्ने खालको प्रणालीको विकास गर्ने नै हो । सायद जेन जी पुस्ताले देख्न रोजेको समाज र राज्य त्यस्तै खालको होला ।
संसारको कुनै पनि परिवर्तन शान्ति मत्रोउच्चारण र पुराना प्रणाली बनाउँदाको नियम समातेर आँउदैन् । मान्छे जन्मँदै शान्त र अशान्त दुवै हुन्छ । दुध खान पाएन भने बच्चा अशान्त हुन्छ, पाएपछि आरामसँग सुत्छ । शान्ति र अशान्तिको त्यो उबचबमयह हाम्रो जन्मजात गुण हो ।
जेन जी पुस्ताले नेपालको राजनितिमा रगतले लेखेर कोरेको यो बाटोमा हामी हिड्न सबैले आत्मासुद्धि त गर्नैंपर्छ । तपाइले, मैले, सबैले । नत्र अल्फा पुस्ताको रगतमा यसरी नै हिड्न हामी आजैदेखि तयार रहनुपर्छ ।


(जीव विज्ञानमा विद्यावारिधि गरेका श्रेष्ठको यो लेख उनको फेसबुक वालवाट लिइएको हो ।)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group