काठमाडौ ८ जेठ । परराष्ट्र मन्त्रालयले राहादनी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा सर्वसाधरणको राय मागेको छ। बिहीबार सूचना जारी गर्दै मन्त्रालयले विधेयकको मस्यौदामा आफ्ना राय दिन आग्रह गरेको हो। मन्त्रालयले ७ दिनभित्र आफ्नो राय उपलब्ध गराइदिन अनुरोध गरेको छ।