काठमाडौं, १० असोज । गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाई आवागमन सहज बनाउन निर्देशन दिनुभएको छ । चाडबाड नजिकिँदै जाँदा ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएको भन्दै उहाँले तत्काल जनताले महसुस हुने गरी जाम हटाउन सम्बद्ध पक्षलाई आज निर्देशन दिनुभएको हो । ...