काठमाडौं, १० असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा युवा उद्यमीहरु बढदै गएकोमा खुसी व्यक्त गर्नुभएको छ ।
मन्त्री यादवले युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाई दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तराष्ट्रिय मेलाहरुमा नेपाली बस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको पनि स्मरण गराउनुभयो ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुनुभएका मन्त्री यादवले संचारकर्मीमाझ मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको गएको बताउदै विकासका लागि आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढन सरकार तयार रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्