काठमाडौं, १० असोज । सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।यसअघि घटस्थापनाको दिनमा दिइँदै आएका बिदा संघीय सरकारले काटेको थियो। क्षेत्री समाज नेपालसहितका संघरसंस्थाहरुले दशैँ सुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र नै बुझाएका थिए।
केन्द्र सरकारको निर्णयबाहेक प्रदेश सरकारलाई थप ६ दिन बिदा गराउन पाउने सुविधा छ। घटस्थापनाको दिन बिदा दिने निर्णय चौथौ हो। यसअघि माघे संक्रान्ति, ल्होछार लगायतमा पर्वमा बिदा दिइएको थियो।
प्रतिक्रिया दिनुहोस्