काठमाडौ १३ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरूमा सिरहा जिल्लाको सिरहा नगरपालिका–८ बस्ने ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामन यादव ...