काठमाडौ २० असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी नेतृत्वप्रति आरोपप्रत्यारोप गरेर पार्टीलाई क्षति पुग्ने बताएका छन्। जारी केन्द्रीय समितिको बैठकमा बोल्दै खतिवडाले पार्टी नेतृत्व कमजोर हुँदा को बलियो हुने होरु भन्दै प्रश्न गरेका हुन्।
सभापति, उपसभापति, महामन्त्री, केन्द्रीय सदस्यलाई खुइल्याउने कार्य गरिएको छ। यो पद्धति कहाँसम्म जानेरु, उनले भने, हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्ने ?
त्यस्तै उनले थपे, चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस्। चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस। पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने को बलियो हुन्छ ?
असार १८ गतेको बैठकमा मोहनबहादुर बस्नेतले आफूमाथि भ्रष्टाचार मुद्दा लाग्नुमा महामन्त्री गगनकुमार थापाको हात रहेको गम्भीर आरोप लगाएका थिए।







प्रतिक्रिया दिनुहोस्