काठमाडौ २० असार । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो साताव्यापी लामो स्पेनको भ्रमण पूरा गरेर स्वदेश फिर्ता भएका छन्।
संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त फाइनान्सिङ फर डेभलपमेन्ट चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागि हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ स्पेन प्रस्थान गरेका थिए।
प्रधानमन्त्री ओली नेपाल फर्किन मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गरेका थिए।
२९ सदस्यीय प्रतिनिधि मण्डलमा प्रधामन्त्री पत्नि राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार र परराष्ट्रमन्त्रालयका अधिकारीहरु सहभागि थिए।








प्रतिक्रिया दिनुहोस्