काठमाडौ १५ असार । जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा हतकडीसहित फरार भएका छन्। आइतबार बयानका लागि अदालत लगेका एक जना थुनुवा हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। भाग्नेमा पश्चिम रूकुमका २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही छन्। ...