ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड बचत फिर्ता, ३४ अर्बभन्दा बढी अझै बाँकी


abc news
असार २२, २०८२ आईतबार  ५ : ०१ बजे

काठमाडौ २२ असार । २२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान भएको छ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई सो बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिएको हो ।

समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।यद्यपि, अहिलेसम्म फिर्ता भएको यो रकम कुल मागदाबीको करिब १० प्रतिशत मात्र हो। पीडितहरूको अझै ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता हुन बाँकी रहेको छ ।

समितिका अनुसार हालसम्म ६१ हजार ९४ जना मागदाबीकर्ताको कुल मागदाबी रकम ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार रुपैयाँको मागदाबी परेको छ ।यसमध्ये समितिले आफ्नो दुई वर्षे कार्यकालमा विभिन्न प्रक्रियामार्फत ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार ६५४ रुपैयाँ बराबरको बचत फिर्ता तथा दायित्व मिलान गरिएको जनाएको हो । यो असार १५ गतेसम्मको तथ्याङ्क हो ।


गत आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म १२ हजार ९९९ बचतकर्तालाई ८३ करोड ६५ लाख २० हजार रुपैयाँ फिर्ता गरिएको थियो । चालु आर्थिक वर्षको साढे ११ महिनामा ३ हजार ६८९ बचतकर्तालाई २ अर्ब ५८ करोड १८ लाख ७६ हजार रुपैयाँ फिर्ता तथा मिलान गरिएको समितिले जनाएको छ ।


त्यसबाहेक ५६ हजार १०६ जनाले आंशिक रूपमा २९ करोड ८२ लाख रुपैयाँ बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com