ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आलमले मलाई मार्छ जस्तो लागेको छ’


abc news

काठमाडौ २२ असार । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस उम्मेदवार अफताब आलमका काकाको घरमा बम विस्फोट भयो ।

उक्त घटना बाहिरिने डरले आलम लगायतले घाइतेहरूलाई ज्युँदै नजिकैको इँटाभट्टामा पोलेको प्रहरीको आरोप थियो । त्यस क्रममा मृतकहरूलाई पनि इँटाभट्टामा हालिएको थियो ।

उक्त घटनामा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दियो । घटनाको १५ वर्षपछि अनुसन्धान थाल्दा धेरै प्रमाण लोप भइसकेका थिए । जाहेरी दिने पीडित आमाको गोली हानी हत्या भएको थियो ।

जसोतसो निकै कठिनाइका साथ प्रहरीले प्रमाण जुटाएर अभियोजन गरेको घटनामा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतको वीरगञ्ज इजलासले आरोपितहरूलाई सफाइ दिएको हो ।

सो क्रममा उक्त घटनाका साक्षी सोही इँटाभट्टामा काम गर्ने भारतको बिहार सीतामढी घर भएका गौरीशंकर राम चमार आइतबार काठमाडौं आइपुगेका छन् ।

उनले काठमाडौंस्थित रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाको विवरण सुनाएका छन् ।


आलम प्रकरणमा उच्चको अनौठो ठहर( ‘इँटाभट्टामा जलाइएकाहरूको लास भेटिएन, हत्या भन्न मिलेन’
उनी अझै पनि आलमले आफूलाई मार्छ कि जस्तो लागेको सुनाउँछन् ।

‘आलम छुटेकोमा मलाई दुस्ख लाग्यो । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो,’ चमारले भनेका छन् ।

उक्त दिन आफू इँटाभट्टामा काम गर्दै गरेको सुनाउँदै हप्ताको पैसा लिन उक्त घरमा गएको बताएका छन् ।

उनीसँगै तीनजना आलमको काकाको घर छेउमा पुग्नासाथ बम विस्फोट भएको उनले बताएका छन् ।

‘घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ,’ चमारले भनेका छन् ।

उनलाई एकपटक पनि के भएको भनेर आलमले अहिलेसम्म सोधेका छैनन् ।

‘आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com