काठमाडौं १६ पौष । ललितपुरको बालकुमारीमा प्रहरीको लाठी र गोली प्रहारबाट दुई युवक मारिएको घटना अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन गरेको हो। ...