काठमाडौं १६ पौष । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्र राईले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले ‘सुशासन दिन नसक्ने अनि मान्छे मार्ने रु’ भन्दै प्रश्न गरे ।
“तपाईं शालीन हुनुहुन्छ । अब यसो गर्नुस्, राजीनामा दिनुस्,” सांसद राईले भने, “युवाले रोजगारी माग्दा ताकीताकी गोली हान्नुहुन्छ भने किन राजीनामा नदिने रु ठाउँको ठाउँ गोली हानेर भकाभक मार्न पाइन्छ ?
उनले सरकार र प्रहरीको कार्यशैलीप्रति प्रश्न गरे । घटनापछि मन्त्रीले नैतिकता देखाउन सक्नुपर्नेमा उनले जोड दिए ।
“तपाईंले मुलुक चलाउन सक्नु भएन, तपाईंले सुशासन दिन नसक्ने अनि मान्छे मार्ने रु शालीन व्यक्ति भन्नेले गोली हान्ने रु तपाईंको प्रहरीको कार्यशैली यही हो रु साधनस्रोत छैन भनेर मान्छे मार्ने रु नैतिकता देखाउनुभयो भने लोकले पनि राम्रो हुन्छ,” उनले भने ।
सांसद राईले माथिल्लो तहका कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे । “सचिव, आईजीपीलाई कारबाही गर्नुस् न, तलको एउटा पीएसओलाई मात्र कारबाही गर्ने रु सीडीओलाई मात्र कारबाही रु तपाईं राजीनामा दिनुस्,” उनले भने, “हामी मान्दैनौँ, राजीनामा दिनुस् ।”
गएको शुक्रबार ललितपुरको बालकुमारीमा तनावपछि प्रहरीले गोली चलाएको थियो । घटनामा दुई युवकको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्