काठमाडौ ३२ असार । सत्ता साझेदार दल जनता समाजवादी पार्टी, जसपा नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ...