काठमाडौ ७ साउन । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशमा रोक लगाएपछि उनकी पुत्री उषाकिरण भण्डारीले दिक्दारी पोखेकी छन् । पार्टीको यो निर्णय र निर्णयमा पुग्न गरिएको तिगडम दुवैबाट आफू अचम्भित भने नबनेको उनको टिप्पणी छ ।
सामाजिक सञ्जलमा स्टाटस लेख्दै भण्डारीले आफ्नो भावना पोखरेकी हुन् । उनले लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ रु निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।’
उनले आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेको सन्दर्भ पनि जोडेकी छन् ।
‘कस्तो संयोग १ मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवारले एमालेमा नैतिक समर्थन गर्न पनि देखिनेगरि प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिनेगरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन् । र, नैतिक समर्थन खोज्दैनन् पनि ।’ भण्डारीले भनेकी छन् ।
यो ज्ञानको बोझ आज बिसाउने मौका यो प्रकरणले दिएको बताउँदै उनले यो प्रकरणलाई धन्यवाद दिएकी छन् ।
मदन भण्डारी फाउन्डेशनको अध्यक्ष समेत रहेकी उषाकिरणले मदनको हीरक जयन्ती समारोह गठनको बेला समेत पार्टी नेतृत्वबाट असहयोग भएको बताएकी छन् ।
विद्या भण्डारीको दृष्टिकोणबारे नेपाल प्रेसको समाचार शेयर गर्दै उनले भनेकी छन्– फाउण्डेशनले जन्मजयन्तीको योजना बनाउँदै र हीरक जयन्ती समिति गठन गर्दै गर्दा फाउन्डेसनले एमाले नेतृत्व विरुद्ध षड्यन्त्र गरिरहेको छ भन्ने कथन स्थापित गर्न खोजे र यसपालीको जन्मजयन्ती र हीरक जयन्ती कमिटी बनाउने प्रकृयालाई तेजबोध गर्ने प्रयास गरे। एमालेको तर्फबाट नोटिसमा लिनेहरू भन्नुहुन्छ कि,फाउन्डेसनलाई नेकपा एमाले र नेतृत्वलाई हानि पुर्याउन प्रयोग गरिएको छ । जबकि माओवादी पार्टीसँग पाटी एकता गर्दा जबजलाई अलग राख्न उहांहरु तयार हुनुभएको कुरा ईतिहासमा नोटिस् भइसक्यो । मलाई आश्चर्य छ कि उहांहरू बाघको मुखमा पाठो बन्न किन सहमत भएको अनि त्यसपछि एमालेमा हमला भइरहेको छ भनेर आफूलाईबाहेक अरू सबैलाई दोषी देखेको रु तर हृदयविदारक कुरा के हो भने यो नेतृत्वले नै फाउन्डेसन बनाएको हो र हामीलाई हस्तान्तरण गर्दा यसलाई राम्रो संग जबजका अनुसार काम गर्न गाइड र निर्देशन गरेको हो। अहिलेचाहीं हिरक जयन्ती मार्फत् जबज छलफललाई अझ वृहत् बनाउने भन्ने कुरामा पनि सशंकित रु







प्रतिक्रिया दिनुहोस्