काठमाडौं,२४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुनुपर्ने बताउनु भएको छ । महिला दिवसको अवसरमा राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनिएको ...