ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले सार्वजनिक -निजी साझेदारी तथा लगानी विधेयक” ल्याएको छ : अर्थमन्त्री खतिवडा


admin

काठमाडौं,२३ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मृद्ध मुलुक निर्माणका लागि पूजीको आवश्यक पर्ने भएकाले पूँजी निर्माणको लागि सरकारले “सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक” ल्याएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा “सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक” माथि को सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उहाँले पूँजी को आवश्यकता पुरा गर्नका लागि विधेयक प्रस्तुत भएको स्पष्ट पार्नुभएको हो ।

संभावनालाई उपलब्धिमा रुपान्तरण गर्नका लागि आवश्यक पर्ने पूँजी, प्रविधि, ज्ञान र उद्यमशिलता मध्ये पूँजीको आवश्यकता पुरा गर्नका लागि विधेयक प्रस्तुत भएको उहाँले स्पष्ट पार्नुभयो । पूँजी केन्द्रीकृत र एकाधिकारी प्रवृतिको नहोस् भन्नेमा सरकार सचेत रहेको उहाँले स्पष्ट पार्नुभयो ।

निजी क्षेत्रसंगको सहकार्य गरि राष्ट्रिय पूँजी निर्माण गरि त्यो राष्ट्रिय पूँजीमार्फत मुलुकले सम्मृद्धि हासिल गर्दै उन्नत समाजवाद तर्फ दिशामा सरकार अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

संविधानले समाजवाद उन्मुख राज्य प्रणाली मात्रै नभनेकाले त्यो प्राप्त गर्नलाई सरकार, नीजी क्षेत्र र सहकारी क्षेत्रको संयुक्त प्रयासलाई आत्मसाथ गरेकाले त्यसलाई विर्सन नहुने बताउनुभयो ।

संविधानले सम्पुर्ण राज्यका साधन स्रोत, उत्पादनका साधनलाई केन्द्रीकरण गरेर राज्य निर्देशित आर्थिक प्रणाली अपनाउन पर्छ नभनेको स्पष्ट पार्दै उहाँले संविधानले निजी सम्पत्तिलाई सुरक्षा र उपभोगको स्वतन्त्रता दिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

सम्बन्धित

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

शिक्षकका समस्या तीन दिनभित्र समाधान गर्न सरकारलाई सर्वोच्चको आदेश

एनआरएनएलाई सर्वोच्चको चेतावनी : अदालतको आदेश पालना गर्नुस्

अहिलेको व्यापार युद्ध यसअघिभन्दा कसरी फरक छ ?: न्यूयोर्क टाइम्स

खनाल आयोगले निष्कर्ष : नियमनकारी निकायहरू स्वार्थ–समूहको कब्जामा, १२ मुख्य बुँदा, समाधानका ५ कोण

चीनसँग गहिरिँदो व्यापारिक लडाइँले अमेरिकी किसानहरूलाई नयाँ खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com