काठमाडौं,२३ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी र ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको स्मरणमा संयुक्त श्रद्धान्जली सभा आयोजना गरेको छ ।
श्रद्धान्जली सभालाई नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फागुन महिनामा आफुहरुले धेरै नेतालाई गुमाउन परेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीसहित देशका लागि आवश्यक भर्भराउंदो जनशक्ति एकैपटक गुमाउनुको पीडा खपिनसक्नुको रहेको धारणा राख्नुभयो । प्रचण्डले पीडालाई शक्तिमा बदलेर पार्टी र सरकारले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउभयो ।
गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको थियो । यस्तै, गत फागुन १८ गते राति नेकपाका नेता एवं पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्